पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६७९, ललितपुरका १५१ तथा भक्तपुरका ८५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ।
यस्तै गत २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ८० हजार ३३६ सक्रिय संक्रमित रहेका छन्।