नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १० हजार २९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ।
पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ।