नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट ३ हजार ३७० र ५ हजार ९०१ एन्टिजेन परीक्षणबाट १ हजार १०२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ।
गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ६ हजार ६३६ तथा शनिबार ८ हजार २ सय ४३ संक्रमणमुक्त भएका थिए।