जेठ २४, २०७८ सोमबार

 बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकहरु प्यूठान, दाङ, रुकुमपश्चिम र सल्यानका रहेका छन्।

प्यूठान स्वर्गद्वारीका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख ३१ गते एन्टिजेट जाँच गरेका उनलाई जेठ ६ गते कोहलपुरमा भर्ना गरिएको थियो। दाङ बंगलाचुली गाउँपालिका वडा नं। ३ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ १६ गते एन्टिजेट परीक्षण गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो।

रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं। ७ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ। जेठ १९ गते एन्टिजेन परीक्षण गरिएका उनलाई २३ गते भेरीमा भर्ना गरिएको थियो। भर्ना गरेको दिन उनको मृत्यु भयो। सल्यान शारदा नगरपालिका वडा नं। १३ का ५५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ १६ गते एन्टिजेन परीक्षण गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ।