जेठ २३, २०७८ आइतबार

 पहिलो चरणमा खोप लगाएका तर दोस्रो चरणको खोप लगाउन बाँकी रहेका नागरिकहरुलाई धैर्यता राख्न आग्रह गर्दै सरकारले १२ साताभित्र भए पनि दोस्रो चरणको खोप लगाउने योजना रहेको सार्वजनिक गरेको छ।

गत वर्ष फागुन २३ देखि चैत १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउनेहरूको दोस्रो मात्रा लगाउने समय भइसकेको तर सिरम इन्स्टिच्युट अफ इन्डियासँग सम्झौता भई अग्रिम भुक्तानी भइसकेको र कोभ्याक्स फ्यासिलिटीबाट प्राप्त निर्णयसहितको भरपर्दो पत्रका आधारमा दोस्रो मात्राको सुनिश्चितता गरिएको थियो। तर, भारत सरकारको खोपको निर्यातसम्बन्धी निर्णयले सिरम इन्स्टिच्युट अफ इन्डिया कोभ्याक्स फ्यासिलिटी दुवैले ९एउटै स्रोत० खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

यद्यपि खोप आयातको चरणमा रहेकाले धैर्यता राख्न सरकारले सर्वसाधारणसँग आग्रह गरेको हो।