जेठ २३, २०७८ आइतबार

काठमाडौँ उपत्यकामा आइतबार १ हजार १ सय ३१ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका काठमाडौँमा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएका हुन्।

यसैगरी आइतबार देशभर ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ रहेको छ।

यसैगरी आइतबार ६ हजार ६ सय ३६ संक्रमणमुक्त भएका छन्। यसअघि शनिबार ८ हजार २ सय ४३ तथा शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।