गैरआवासीय नेपाली संघ(एनआरएनएले एकैपटक ४ सय २८ थान अक्सिजन कन्सेनट्रेटर नेपाल पठाएको छ। विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्को समन्वयमा एनआरएनएले उक्त सामग्री पठाएको एनआरएनए अध्यक्ष कुमार पन्तले जनाएका छन्।
नेपाल बायु सेवा निगमको विमानले चीनबाट ती सामग्री नेपाल ल्याएको छ। रेग्मीका अनुसार बेलायतबाट एक सय ५०, अस्ट्रेलियाबाट एक सय, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १० र चीनबाट ७ थान कन्सेन्ट्रेटर संकलन भएको थियो।
अन्य संघसंस्थाबाट ३६ वटा कन्सेनट्रेटर उपलब्ध भएको एनआरएनएले जनाएको छ। यसैगरि अफ्रिका क्षेत्रबाट २६ अस्पताल र स्वास्थ्य केन्द्रका लागि एक सय २५ थान अक्सिजन सिलिण्डर प्राप्त भएको रेग्मीले बताए।