पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका काठमाडौँमा ८२३ , भक्तपुरमा ७३ र ललितपुरमा १४१ जना संक्रमित थपिएका हुन्।
यसैगरी शनिबार ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। यसअघि शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।
देशभर पछिल्लो चौबीस घन्टामा ११ हजार ४ सय ७१ पीसीआर तथा ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ।