नेपालमा यही महिनाभित्र कोभिड–१९ विरुद्धको १० लाख डोज सिनोभ्याकको खोप ल्याइने भएको छ । ‘
बायोमेटिक्स प्रा.लि.ले चीनमा उपादित सिनोभ्याक खोपको १० लाख डोज ल्याउने भएको हो ।
बायोमेटिक्सका निर्देशक बिके भण्डारीले १० लाख डोज खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताए ।
औषधि व्यवस्था विभागमा बायोमेटिक्सले प्रतिडोज २ हजार १ सय रुपैयाँका दरले उक्त खोपको उपभोत्ता मूल्य तोकेर आयात अनुमतिका लागि दर्ता गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागले चीनको सिनोभ्याक लाइफ साइन्सले उत्पादन गरेको कोरोनाभ्याक खोपलाई आज आपत्कालीन प्रयोग अनुमति दिएको छ ।