जेठ २१, २०७८ शुक्रबार

शुक्रबार देशभर ८ हजार ६ सय ६३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

यससँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ।

पछिल्लो समय कोरोना संक्रमणबाट निको हुनेको संख्या बढिरहेको छ।

यसअघि बिहीबार ५ हजार ९ सय ४ जना डिस्चार्ज भएका थिए भने बुधबार ७ हजार २ सय १९ जना डिस्चार्ज भएका थिए।

यस्तै शुक्रबार देशभर थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गत चौबीस घन्टामा १४ हजार १ सय ८२ पीसीआर तथा ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण भएको छ।