जेठ २०, २०७८ बिहिबार

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सिन्धुपाल्चोक जिल्लामा यति बेला कोरोना भयानक रुपले बढेको कोरोनाकै कारण आज ३ जनाको मृत्यु भएको छ । यो सँगै दोस्रो लहरमा मृत्यु हुनेको संख्या २६ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज मात्रै सिन्धुपाल्चोकमा १६ जना संक्रमित थपिए । बलेफीमा १, बाह्रविसेमा ४, चौतारामा ४, हेलम्बुमा ५ र मेलम्चीमा २ जना नयाँ संक्रमित थपिएका हुन् । यो संगैं कोरोनाको दोस्रो लहरमा कुल संक्रमितको संख्या ३ हजार ४० पुगेको छ ।

त्यस्तै कोरोनालाई जित्नेहरुमा आजको संख्या ९३ छ । यो संगै दोस्रो लहरमा कोरोना जित्नेको संख्या ४ सय ६८ पुगेको छ ।