जेठ २०, २०७८ बिहिबार

पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार देशभर ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ पीसीआर परीक्षण गर्दा  ५ हजार ८ सय २५  र ३  हजार २ सय ११   एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी बिहीबार ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यसअघि बुधबार ७ हजार २ सय १९ कोरोना संक्रमित डिस्चार्ज भएका थिए।