बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् ।
बर्दिया बढैयाताल गाउँपालिका – ४ का ३४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख ३० गते पिसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । सोही गाउँपालिकाका – ३ का ५५ वर्षीय पुरुषको भेरीमै मृत्यु भएको छ । जेठ ५ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो ।
दाङ तुलसीपुर उपमहानगरपालिका – ६ का ६५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
दैलेख आठविस नगरपालिका –४ का ३० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १३ गते पिसिआर गरिएका उनलाई १९ गते भर्ना गरिएको थियो ।
सल्यान कालीमाटी गाउँपालिका – १ का ३७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १५ गते पिसिआर गरिएका उनलाई १७ गते भर्ना गरिएको थियो ।
यो सँगै बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या तीन सय पुगेको छ ।