जेठ १९, २०७८ बुधबार

 नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१३ हजार ८०५ पीसीआर र ३ हजार ७३ एन्टिजेन परीक्षणबाट उक्त संक्रमण पुष्टी भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर १ लाख १ हजार ९ सय ९३ जना सक्रिय संक्रमित रहेका छन्।गत २४ घण्टामा ७२१९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।