जेठ १८, २०७८ मंगलबार

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पठाउनुभएको १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

महामन्त्री डा. कोइरालाको व्यक्तिगत खर्चमा ६ वटा अक्सिजन कन्सेन्ट्रेटर, १० वटा अक्सिजन सिलिण्डर, आईसियु वेड दुई वटा, २३ हजार सर्जिकल मास्क, फेस शिल्ड र पिपिइ स्वकीय सचीव भरत तिवारी मार्फत जिल्लामा हस्तान्तरण गरिएको हो ।

सोमवार नवलपुर जिल्लाको गैडाकोट नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

पार्टीको  काम विशेषले महामन्त्री डा. स्वयम उपस्थित हुने नसकेको हुदा फन्टलाईनमा रहेर काम गर्नेहरुको लागि स्वास्थ्य सामग्रीको अभाव नहोस भन्दै आवश्यक सामग्री उपलब्ध गराएको स्वकीय सचिव तिवारीले बताए । नेपाली कांग्रेसले स्वास्थ्य सामग्री जिल्लाका अन्य पालिकाहरुमा पनि उपलब्ध गराउदै लैजाने जनाएको छ ।