चौतारा । स्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा आज थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा आज ९१ महिला र ८९ पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै जिल्लामा आजमात्रै २ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म जिल्लामा संक्रमितको संख्या २३ सय ३४ पुगेको छ ।
त्यस्तै कोरोनाको कारण अहिले सम्म २२ जनाले ज्यान गुमाएका छन् ।