जेठ १५, २०७८ शनिबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सरकारले परीक्षण घटाउँदा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पनि उल्लेख्य रूपमा घटेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ६ पिसिआर र ७ सय ४६ एन्टिजेन परीक्षणमा ४ हजार ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमणबाट १ सय १६ जनाको मृत्यु भएको छ भने ६ हजार ८० जना सङ्क्रमणमुक्त भएका छन् ।