चीनले दिने भनेको १० लाख डोज भेरोसेल खोप लिने नेपाल एयरलाइन्सको वाइड बडी सोमबार बेइजिङ पठाउने तयारी भएको छ। निगमका महाप्रबन्धक डीमप्रसाद पौडेलले वाइड बडी पठाउने तयारी भइरहेको बताएका छन्।
दुईदिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीलाई फोन गरि खोप सहयोग गर्न आग्रह गरेकी थिइन्। चिनियाँ राष्ट्रपतिले १० लाख डोज भेरोसेल तत्काल दिने प्रतिबद्बता जनाएका थिए। यसअघि चिनले ८ लाख डोज भेरोसेल दिएको थियो।कोरोना महामारी बढिरहेका बेला खोपको माग बढ्दो छ। हालसम्म नेपाललाई भारतरबाट २० लाख कोभिसिल्ड डोज र चीनबाट ८ लाख भेरोसेल डोज प्राप्त भएको छ। भारतबाट प्राप्त २० लाख डोजमध्ये १० लाख डोज भने खरिद गरेको हो।
२० लाख डोज खरिद गरेकामा १० लाख प्राप्त भएको थियो भने अर्को १० लाख प्राप्त नहुँदै भारतमा सुरु भएको दोस्रो लहरले रोकिएको छ। नेपालले खोप खरिदको थप प्रकृया भने सुरु गरेको छैन।