ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको निभन भएको छ । न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको हो ।
गत वैशाख २८ गतेदेखि विराट मेडिकल कलेजमा उपचारमा रहनुभएको उहाँको आज बिहान निधन भएको बताइएको छ । अस्पतालका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका निवासी ५० वर्षीय न्यौपानेलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । न्यौपानेलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।न्यौपाने सप्तकोसी एफएम इटहरीका स्टेसन म्यानेजरको पदमा कार्यरत हुनुहुन्थ्यो ।