काठमाडौं । सिन्धुपाल्चोकमा भोलि जेष्ठ १४ गते सम्मको लागि जारी रहेको निषेधाज्ञाको समय थप एक साता लम्बिएको हो ।
यो थप सँगै सिन्धुपाल्चोकमा आगामी जेष्ठ २१ गते राति १२ बाजे सम्म निषेधाज्ञा जारी भएको हो ।
बिहिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक तथा सहायक जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
निषेधाज्ञा जारी भएको समय अबधिभर अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।