काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ६,७१४ संक्रमित थपिएका छन् भने सोही अवधिमा ६,७१६ जना कोरोना मुक्त भएका छन् ।
निको हुने दर ७६।९ प्रतिशत पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु पुष्टि भएको छ ।
१९ हजार ३० पीसीआर र ३२२ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा १,४९३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १,१३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका छन् ।
मुलुकमा कूल संक्रमित संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।