जेठ ११, २०७८ मंगलबार

कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ४ जनाको मृत्य भएपछि अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको हो । त्यसमध्ये ८ सय ५७ जना निको भएर घर फर्किएका छन् ।

अस्पतालमा भर्ना भएका बिरामीहरुको संख्या अहिले १ सय ७५ रहेको अस्पतालले जनाएको छ । मंगलबार अस्पतालमा ४ जना नयाँ बिरामी भर्ना भएका छन् । उपचाररत बिरामीहरुमध्ये आइसियुमा ११ छन् भने भेन्टीलेटरमा ३ जना रहेको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।