काठमाडौं । कोरोना भाइरस कोभिड–१९ संक्रमणको दर नघटेपछि उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार मंगलबार दिउँसो भर्चुअल माध्यमबाट निषेधाज्ञा थप्नेबारे छलफल हुनेछ । भोलि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बैठक बस्दैछ ।
गृहमन्त्रालय स्रोतका अनुसार थप एक साताका निषेधाज्ञा थप्ने विषयमा छलफल भइरहेको छ ।कोरोनाको दोस्रो लहरको संक्रमण बढेपछि उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि २२ वैशाखमा पुनः एक साता निषेधाज्ञा थप गरिएको थियो ।
यता, सोमबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पत्रकार सम्मेलनमार्फत आगामी चार सातामा संक्रमण क्रमशः घट्दै जाने बताएका छन् ।
शनिबार गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेर निषेधाज्ञाको कडाइका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।