नेपालमा आज ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएका मध्ये २७ सय ८५ जना काठमाडौं उपत्यकामा मात्र थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिने कोरोना संक्रमितको संख्या आइतबारको तुलनामा केही कम हो । आज थपिएका संक्रमित मध्ये काठमाडौैंमा १ हजार ८ सय ६, ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ जना रहेका छन् । मन्त्रालयको अनुसार आज देशभर १ हजार ६ सय ९७ जनाको आईसीयू र ४ सय ६७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ ।