जेठ १०, २०७८ सोमबार

इटहरी उपमहानगरले पीसीआर परीक्षणको दायरा बढाइएको जनाएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणको एक सय परीक्षण गर्दै आएकोमा दायरा बढाइएर दैनिक तीन सयको परीक्षण गर्ने तयारी गरिएको मेयर द्वारिकालाल चौधरीले जानकारी दिनुभयो  । मेयर चौधरीका अनुसार आज पीसीआर र एन्टिजेन्ट गरी १ सय १० जनाको स्वाब धरान पठाइएको छ ।

प्रत्येक दिन बिहान ७ :०० बजे स्वाब सङ्कलन गरी बेलुका रिपोट आउने व्यवस्था गर्न बिपी प्रतिष्ठानसँग उपमहानगरले आग्रह समेत गरेको छ  उपमहानगरले परीक्षणका लागि रिएजेन्ट र आवश्यक सामग्रीको न्यूनतम शुल्क भुक्तानी गर्ने प्रतिष्ठानसँग सहमति गरेको उपमहानगरले निःशुल्क परीक्षण गर्दै आएको छ ।

अहिले ५ जनाको टोलीले स्वाब सङ्कलनको कार्य गरिरहेका यसअघि ३ जनाले गर्दै आएकोमा दुई जना संक्रमित भएर आइसोलेसनमा छन् । इटहरी अस्पताल, खनार स्वास्थ्य चौकी र दुई जना अन्यन्त्रबाट व्यवस्था गरी पाँच जनाको टोलीले स्वाब सङ्कलन गरिरहेको उपमहानगरले जनाएको छ ।