जेठ १०, २०७८ सोमबार

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार २ सय २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ६ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म सङ्क्रमितको सङ्ख्या ५ लाख २० हजार ४ सय ६१ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ ।