जेठ ९, २०७८ आइतबार

कोरोना सङ्क्रमणका कारण मोरङका अस्पतालहरूमा थप ११ जनाको मृत्यु भएको छ । ५ वटा अस्पतालमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको हो । विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालमा ४–४, कोसी अस्पताल, न्यूरो अस्पताल र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १–१ जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार राति ११ बजे विराटनगर– २ का ९१ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै शनिबार राति साढे ११ बजे झापा अर्जुनधारा– ११ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

सप्तरी महादेवा २ की ६० वर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको छ । त्यस्तै धरान– १५ की ५५ वर्षीय महिलाको पनि आइतबार बिहान मृत्यु भएको छ । विराट शिक्षण अस्पतालमा ४ जनाको मृत्यु भएको छ । अस्पतालका कोभिड १९ फोकल पर्सन सुनिल देवका अनुसार ४ जनाको मृत्यु भएको हो ।

आइतबार बिहान करिब ७ बजे विराटनगर महानगरपालिका– १३ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ। विराटनगर महानगरपालिका– १० की ६३ वर्षीय महिलाको पनि विराटमा मृत्यु भएको छ । उनको आइतबार बिहान १२ः१५ बजे मृत्यु भएको हो ।

विराटनगरका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । पुरुषको आइतबार बिहान करिब साढे २ बजे मृत्यु भएको हो । सुनसरीको इनरुवा– १ का ६५ वर्षीय पुरुषको पनि विराटमा मृत्यु भएको छ । पुरुषको शनिबार राति ९ बजे मृत्यु भएको हो । कोसी अस्पताल विराटनगरमा धनकुटाको धनकुटा नगरपालिका– १ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार बिहान ९ बजे मृत्यु भएका हो ।

आइतबार बिहान ७ बजे न्यूरो अस्पतालमा विराटनगर– ७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । पुरुषको आइतबार बिहान ७ बजे मृत्यु भएको हो । त्यस्तै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर– ३ का ७६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । जेठ ५ गते भर्ना भएका उनको आइतबार बिहान करिब १ः३० बजे मृत्यु भएको हो ।