जेठ ९, २०७८ आइतबार

काठमाडौं । नेपालमा हिजो शनिबार कोरोना भाइरसबा थप ८ हजार ९ सय ८० जना संक्रमित भएका छन् ।

कूल १९ हजार ३ सय ५७ नमूनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५ सय ९१ जना तथा ७ सय ४८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३ सय जना ८९ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या ५ लाख नाघेको छ ।

शनिबार थपिएको सङ्ख्यासहित हाल सम्म ५ लाख ५ हजार ६ सय ४३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी शनिबार थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । त्यस्तै शनिबार १ सय २९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ हजार १ सय ५३ पुगेको छ ।