कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेको नेपालका लागि स्वीट्जरल्याण्डले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
स्वीस सरकारका तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामग्री शनिबार बिहान त्रिभूवन विमानस्थलमा आइपुगेको हो। त्यहाँ विशेष कार्यक्रम गरि स्वीस प्रतिनिधिले स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरे।

कोरोना भाइरसको संक्रमण तथा मृत्युदर बढिरहँदा विभिन्न देशले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरिरहेका छन्। तर खोपका लागि पहल भए पनि अहिलेसम्म कुनै पनि देशबाट थप खोप आउन सकेको छैन।