चैत १८, २०७९ शनिबार

काठमाडौँ, १८ चैत : नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । 

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।