जेठ ७, २०७८ शुक्रबार

चौतारा । सिन्धुपाल्चोकमा हिजो एकै दिन थप १ सय ६५ मा कोरोना संक्रमण पुष्टि भए सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १४ सय भन्दा बढी पुगेको हो । 

हिजो बिहीबार  बलेफिमा ४१, सुनकोसीमा ३४, भोटेकोशीमा १३, बाह्रबिसेमा १८, चौतारामा ३, जुगलमा ६, पाँचापोखरीमा १,  मेलम्चीमा ६  र ठेगाना नखुेलका ४४ गरी कूल १ सय ६५ मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लामा कोरोना सिन्धुपाल्चोकमा संक्रमितको संख्या १४ सय २३ पुगेको छ । कोरोना लहरको दोस्रो संक्रमण सुरु भएसँगै जिल्लामा ३८ दिनमा १४ सय बढी संक्रमित भेटिएको हो । जसमा १२ जनाले ज्यानको मृत्यु भएको छ।