चैत १३, २०७९ सोमबार

वागमती, १३ चैत : बागमती प्रदेशका प्रमुख  यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । थारु आयोगका अध्यक्ष  विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो । 

नेपालको सविधानको धारा २४९ को उपधारा (३) बमोजिम आयोगले आर्थिक वर्ष २०७८÷७८ मा सम्पादन गरेका काम कारबाही समेटेर तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

सो अवसरमा प्रदेश प्रमुख शर्माले थारु आयोगले गरेका कामको सरहाना गर्दै आगामी दिनमा आयोगमार्फत थारु समुदायको उत्थानका लागि गरिने कार्यमा आफनो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो प्रतिवेदनमा थारु समुदायको समस्या, उत्थान तथा  भोग्नु परेका, देखिएका चुनौतीलगायत सम्पादन गरेका काम कारबाहीका विषय समावेश गरिएका छन् ।