रोकथाम तथा नियन्त्रणका लागि चीनले नेपाललाई थप सहयोग गरेको छ । चीनले २ हजार थान अक्सिजन सिलिण्डर १० वटा भेन्टिलेटर र केही थान अक्सिजन जेनरेटर प्रदान गरेको ग्लोबल टाइम्सले जनाएको छ ।
ती सहयोग चीनका स्थानीय सरकार, प्रादेशिक सरकार र केही व्यावसायिक संस्थाबाट प्राप्त भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छन् । सहयोग सामग्री सिचुवान प्रान्त र चीनको स्वशासित क्षेत्र तिब्बतमार्फत प्राप्त भएको हो । ‘स्थानीय तथा प्रान्तीय र केही व्यावसायिक संस्थानले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेका छन्,’ यान्छीले भनेकी छिन् ।
गत २७ अप्रिलमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने बताएका थिए । महामारी रोकथामका लागि नेपालले आवश्यकता महशुस गरेको अवस्थामा थप सहयोग गर्ने चीनले प्रतिबद्ध जनाएको छ । ‘नेपालको स्वास्थ्य संकट पार लगाउन चीन साथ दिन तयार छ र यसले मैत्रीपूर्ण सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्याउने छ,’ राजदूत यान्छीले भनेकी छिन् ।
चीनले यसअघि २९ मार्चमा ८ लाख डोज खोप प्रादन गरेको थियो ।