काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै ७ हजार ९८९ जना संक्रमणमुक्त भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा २४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १९८८ जना भक्तपुरमा २२८, ललितपुरमा २७० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।