जेठ ३, २०७८ सोमबार

काठमाडौं । स्वास्थ तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ थप ९ हजार २ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट २१ हजार ६ सय ५३ र एन्टिजेन विधिबाट चार सय ३४ जनाको परीक्षण गर्दा क्रमशः ९ हजार १ सय ९८ र ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित ४ लाख ६४ हजार २ सय १८ पुगेका छन् । अहिले देशभर १ लाख १३ हजार ४ सय ८९ सक्रिय सङ्क्रमित छन् । आज थप ५ हजार ७ सय ६७ जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ । निको हुने दर भने ७४ दशमलब चार प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो समय कोरोनाका कारण २ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म ५ हजार २ सय १५ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।