काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै आज संक्रमणका कारण थप १४५ जनाको मृत्यु भएको छ ।
पीसीआर विधिबाट ७३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी कुल ७३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।