जेठ २, २०७८ आइतबार

मकवानपुर। आज थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा उपचारका क्रममा ३ जना महिला र १ जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुने सबै हेटौँडा उपमहानगरपालिका क्षेत्रका रहेको हेटौँडा अस्पतालका डाक्टर सागर काफ्लेले बताए । हेटौँडा–१४ कि ७४ वर्षीया महिला, हेटौँडा–१४ की ४८ बर्षीया महिला, हेटौँडा–८ की ६१ बर्षीया महिला र हेटौँडा–२ का ६४ बर्षीय एक पुरुष गरी ४ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

चारै जना वैशाख २६ गते यता कोरोना पोजेटिभ पुष्टि भई श्वासप्रश्वासमा समस्या आएपछि हेटौँडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना भएका थिए ।