जेठ २, २०७८ आइतबार

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोना भाइरस सङ्क्रमणका कारण प्रभावित बनिरहेको नेपाललाई आपतकालीन सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

कोरोना महामारीका कारण नेपालको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आएको डब्लूएचओले यस्तो निस्कर्ष गरेको छ । उसले नेपाललाई आपत्कालीन सहयोगको आवश्यकता परेको पनि औंल्याएको हो । भारतसँगै नेपाल, श्रीलङ्का, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम सङ्कटमा परेको डब्लूएचओको निस्कर्ष छ । डब्लुएचओका महानिर्देशक टेड्रोसले भारतसँग नेपाललगायत देशमा सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेकाले सहयोग गर्न सबैमा अपील गरेका हुन् ।