जेठ १, २०७८ शनिबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा नेपालमा थप ५४५५ जना सङ्क्रमण मुक्त भएका छन् । यो सँगै देशभर ३ लाख ३३ हजार १०८ सङ्क्रमण मुक्त भएका छन्

त्यस्तै पछिल्लो २४ घण्टामा ८१६७ कोरोना सङ्क्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण भएको छ । काठमाडौंमा २१४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ। ती । देशभर १ लाख ९७ हजार ४० सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८७ जनाको मृत्युु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४८५६ पुगेको छ ।