काठमाडौँ – नेकपा एमालेले राष्ट्रपतिमा पार्टीका तर्फबाट राष्ट्रपति उम्मेद्वार सुवास नेम्वाङको पक्षमा मतदान गर्न लोकतान्त्रिक समाजवादी पार्टीसंग आग्रह गरेको छ ।
शुक्रबार एमालेका उम्मेदवार नेम्वाङसहितका एमाले नेताहरुले लोसपाका नेताहरुसंग भेटवार्ता गर्दै राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
छलफलपछि एमाले नेता योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका सन्दर्भमा लोसपा नेतृत्वसंग छलफल गरेको र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेको बताए । उनले लोसपाको २४ गते बैठक बस्ने र त्यसबाट आवश्यक निर्णय गर्ने जवाफ पाएको जानकारी दिए ।