काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा आज देशभरकै सर्वाधिक २ हजार ४५८ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५५६, भक्तपुरमा ३३५, रुपन्देहीमा ५२२ र मोरङमा ४३४ जना संक्रमित थपिएका छन् ।
२४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । कुल २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।