फागुन १९, २०७९ शुक्रबार

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बालुवाटारस्थित सरकारी भवनमा सर्नुहुने भएको छ ।

गत माघ ५ गते सभामुख चयन भए पनि बासस्थान नहुँदा लोकन्थलीस्थित निवासमा बस्दै आउनुभएको हो । सभामुख घिमिरे मन्त्रिपरिषदको निर्णयसँगै बालुवाटारमा सर्ने तयारी गर्नुभएको हो ।

गत सोमबारको मन्त्रीपरिषद बैठकले सभामुखको निवासमा पुरानै सभामुख निवास तय गरेको छ । आवाश्यक प्रक्रिया पूरा भएपछि र रंगरोगनको काम सकिएपछि छिट्टै नै सभामुख घिमिरे बालुवाटारस्थित सरकारी निवासमा सर्नुहुने भएको जनाइएको छ ।

सभामुख घिमिरेको निवासमा हाल राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बस्दै आउनुभएको छ।