बैशाख ३१, २०७८ शुक्रबार

काठमाडौं । हास्य कलाकार शिवहरि पौडेल कोरोना भाइरस संक्रमित भएका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको बताइएको छ ।