नवलपुर । कोरोना महामारीको दोस्रो लहर सुरु भए सँगै सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ४ नवलपुरमा ७४ बर्षका एक वृद्धको मृत्यु भएको हो ।
साथै उक्त क्षेत्र सिल गरिएको छ । उक्त मृत्यु भएका वृद्धको चौताराबाट आएका नेपाली सेनाले शव व्यवस्थापन गर्ने र मृत्यु व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक ट्रेसिङ गरिने कार्यवाहक वडा अध्यक्ष दया मिश्रले जनाए ।
हिजो राति करिब ११ बजेतिर मृत्यु भएका वृद्धको आज कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उक्त मृतकको शव धार्मिक परम्परा अनुसार दाहसंस्कार गरि पनि मिश्रले जनाए । उक्त शव नेपाली सेनाले जिम्मा लिएको छ ।