फागुन १५, २०७९ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा एमालेको नेतृत्व गरेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले एमाले मन्त्रीप्रति प्रधानमन्त्रीको व्यबहारका कारण सरकार छाड्ने निर्णय भइको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको थियो ।

‘राष्ट्रपतिमा सहमति नभए पनि सरकारमा रहेर काम गरेर सोचमा थियौँ, पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले एमाले र मन्त्रीहरुलाई जुन अभिव्यक्ति र व्यवहार गर्नुभयो, त्यसपछि सरकारमा बस्न सकेनौं’, एमाले उपाध्यक्षसमेत रहेका पौडेलले भने, ‘परराष्ट्रमन्त्री विमला राईलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने या वा विनाविभागिय मन्त्री बनाउने अभिव्यक्ति गरेपछि । एमाले र सहभागिताप्रति सार्वजनिक रुपमा टिप्पणी गरेपछि रहिरहन उचित हुन देखेनौँ ।’

जेनेभा जान लागेकी मन्त्री राईलाई हिजो प्रधानमन्त्रीले रोकेका थिए । पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको छ ।