फागुन १५, २०७९ सोमबार

काठमाण्डौ। नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।