फागुन १५, २०७९ सोमबार

काठमाडौं । सरकारलाई दिएको समर्थनको बारेमा निर्णय गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सोमबार बस्ने भएको छ ।

बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बस्ने भएको हो । बैठकले पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनको बारेका छलफल गर्ने रास्वपाका एक नेताले बताए । साथै सोमबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने बारेमा पनि निर्णय गर्ने ति नेताले बताएका छन् ।

पार्टी सभापति रवि लामिछानेको पद नागरिकता प्रकरणमा गएपछि रास्वपाका मन्त्रीहरूले राजीनामा दिएका थिए । तर रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ ।

तर राष्ट्रपति चुनावलाई लिएर पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि भने रास्वपाले आफ्नो धारणा बनाएको छैन ।