बैशाख ३१, २०७८ शुक्रबार

दोश्रो कोभिड १९ को नयाँ भेरियन्सको जोखिम बढ्दै गएपछि रतुवामाई नगरपालिकाले झुर्कियामा रहेको नगर अस्पतालमा नगर प्रमुख रविन राईको सक्रियतामा थप १५ जना विरामीलाई राख्ने व्यवस्था गरिएको छ । यस अघि मात्र १५ बेडको अईसोलेसन कोभिड अस्पताल बनाईएको थियो । पछिल्लो समय रतुवामाई नगरपालिकामा पनि कोभिड संक्रमित बढ्दै गएकोले उक्त अस्पतालमा अक्सिजन सहितको सेवाको व्यवस्था गरिएको हो ।

सो अस्पतालमा हाल एक जना डाक्टरसहित ५ जना नर्स र ७ जना स्वास्थ्यकर्मी रहेका छन् । आगामी शनिवारदेखी थप एक जना डाक्टरसहित अन्य स्वास्थ्यकर्मी पनि थप गरि  ब्यबस्थापनमा जोड दिने नगर प्रमुख राईले बताउनु भएको छ । सो अस्पतालमा उपचार हुन नसके नगरपालिकाकै एम्बुलेन्स मार्फत नि स् शुल्क रुपमा अन्य अस्पताल लैजाने व्यवस्था पनि नगरपालिकाले गरेको छ ।

नगरपालिकाले हाल दुई वटा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ, भने आकाश्मिक सेवाको रुपमा नगरपालिकाका प्रमुख रविन राई, उपप्रमुख र प्रशासकिय अधिकृतको सवारी साधनलाई तयारी अवस्थामा राखिएको  छ ।

अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने,अनावश्यक रुपमा हिडडुल नगर्ने र घरमै सुरक्षित रुपमा बसि कोभिड बाट आफु पनि बच्न र अरुलाई पनी बचाउन नगरप्रमुख राईले अपिल गर्नु भएको छ ।