फागुन १०, २०७९ बुधबार

 मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकको लागि कार्यसूची तयार गर्न अहिले ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।