फागुन ९, २०७९ मंगलबार

९ फागुन काठमाडौँ।  सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उठाउने उम्मेदवारको पक्षमा मात्र राष्ट्रिय सहमति हुने बताउनुभएको छ ।

सिन्धुलीको सदरमुकाम सिन्धुली माडीमा मंगलबार बिहान नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपतिको उम्मेदवार दल भन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई कांग्रेसले अघि सार्नुपर्ने नेता कोइरालाले जोड दिनुभयो ।

तर पछिल्लो समयमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र पार्टी सभापति शेरबहादुर देउवाको समेत राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलिरहेको छ । यहि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने भएको छ ।